Skip to content

धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कालोपाटी

१ वर्ष अगाडि

काठमाडौँ । धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। क्षिरेश्वरनाथ नगरपालिका ७ स्थित सडकमा ज ८ प ३६१५ नम्बरको मोटरसाइकललाई बा १३ च ९२९२ नम्बरको कारले शुक्रबार बिहान ठक्कर दिएको हो।

प्रहरीका अनुसार कारको ठक्करबाट मोटरसाइकल चालक मिथिला नगरपालिका २ राघोपुरका २५ वर्षीय नागेन्द्र मण्डलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार