काठमाडौँ । आकर्षक तलबमा वैदेशिक रोजगारीमा बेलायत र दुबई पठाइदिने भन्दै झन्डै ८५ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा तनहुँको बन्दीपुर गाउँपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२६ बस्ने २३ वर्षीया सञ्जिता गुरुङ र तनहुँकै भीमाद नगरपालिका–१ घर भई काठमाडौँ –६ बौद्ध बस्ने ५० वर्षीय रेशमराज लामिछाने रहेका छन् ।
सञ्जिताले बेलायत पठाइदिने भन्दै दुई जनाबाट ६० लाख ८९ हजार र रेशमराजले दुबई पठाइने भन्दै ११ जनाबाट २४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सञ्जितालाई न्युरोडबाट र रेशमराजलाई बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्