काठमाडौँ । भारतको गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा नेपाली पाइलट र एक भारतीय पर्यटकको मृत्यु भएको हो । मृत्यु हुनेमा प्याराग्लाइडिङ पाइलट २६ वर्षीय सुमन नेपाली र भारतीय पर्यटक शिवानी छन् । शिवानी भारतकै पुणे निवासी रहेको जनाइएको छ । सुमनको भने ठेगाना खुलाइएको छैन ।
शनिबार उक्त दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनुमतिविना र आवश्यक सुरक्षा उपकरणविना नै प्याराग्लाइडिङ गर्दा उक्त दुर्घटना भएको बताइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्