काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन्।
जसमा गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी भएको छ भने ४ करोड ५७ लाख ४० हजार ८५४ रूपैयाँ खर्च भएको उल्लेख छ। एकीकृत समाजवादीले ३२ लाख ८७ हजार १६४ रूपैयाँ पार्टी घाटामा रहेको लेखापरिक्षण प्रतिवेदनले देखाएको छ।
सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क,अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोत रहेको प्रमुख पौडेलले जानकारी दिएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्