काठमाडौं । दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ नवरपुर निवासी अन्दाजी २७ वर्षीय सन्तोष चौधरीको घरको छतबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार तुलसीपुर–४ बनहरीमा रहेको घरको दुई तला माथिबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्