काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको छ । त्रिपाठीविरुद्ध शुक्रबार अवहेलना मुद्दा दर्ता गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपकुमार श्रेष्ठले जानकारी दिए ।
त्रिपाठी यही माघ २ गते काठमाडौं अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा जवाफी बहस सकाएर निस्कँदै गर्दा आक्रमणमा परेका थिए । त्यही आक्रमणको विषयमा मिडियामा बोल्ने क्रममा न्यायाधीशविरुद्ध समेत प्रश्न उठाउने अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध उदयपुरका दिलबहादुर राईले अदालतको अवहेलना मुद्दा दर्ता गरेका हुन् ।
त्रिपाठीले जानीजानी अदालत तथा माननीय न्यायाधीशको अपमान हुने गरी दिएको अभिव्यक्ति अक्षम्य अपराधजन्य कार्य भएकाले स्वंयलाई तारिखमा बस्नुपर्ने, वारेस समेत राख्न नपाउने गरी आदेश गरी हदैसम्मको सजायको माग गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्