काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई नटेरेको भन्दै सभामुख देवराज घिमिरेलाई सरकारसँग कुरा गर्न सुझाव दिएको छ। संसद्को आगामी अधिवेशनबारे सभामुख देवराज घिमिरेले प्रमुखप्रतिपक्षी लगायतका विपक्षीसँग गरेको छलफलमा माओवादीले यस्तो सुझाव दिएको हो।
संसद्मा विचाराधीन विधेयककै अध्यादेश सरकारले ल्याएको भन्दै यसबारे गम्भीर भएर कुरा गर्न सुझाव दिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
सरकारले हालै विभिन्न ५ अध्यादेश ल्याएको थियो। त्यसमध्य आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ संसदीय समितिमै छलफलका क्रममा थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्