Skip to content

मंगलबार सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख पाँच हजार ९०० रुपैयाँमा कायम

कालोपाटी

१० महिना अगाडि

काठमाडौँ। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु दुई लाख पाँच हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सोमबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला रू छ सयले बढेको हो । चाँदीको मूल्य प्रतितोला रू १५ ले बढेर रु दुई हजार ४८५ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार