काठमाडौं । कर्णालीका विभिन्न कारागारबाट फरार भएका ७७ जना कैदी बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखेर भदौ २३ र २४ गते भएको आन्दोलनमा कर्णालीका विभिन्न कारागारमा रहेका १ सय २७ जना कैदी बन्दीहरु भागेका थिए । भागेका मध्ये ५९ जना अझै फरार रहेका छन् ।
फरार रहेका ३३ जना कैदी र २६ जना बन्दी हुन् । कर्णालीका विभिन्न कारागारबाट ८२ जना कैदी र ४५ जना बन्दी भागेका थिए । आन्दोलनमा रुकुम पश्चिम जिल्ला कारागारबाट भागेका ५५ जना कैदी मध्ये ३८ जना कैदी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिमबाट भागेका १७ जना कदी र १४ जना बन्दी फरार छन् । रुकुम पश्चिमबाट ३३ जना थुनुवा भागेका थिए ती मध्ये १९ जना पक्राउ परेको प्रहरीले जनाएको छ । जुम्लाबाट २७ जना कैदी भागेका मध्ये १३ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १६ जना फरार छन् । जुम्लाबाट भागेका १२ जना थुनुवामध्ये सात जनालाई पक्राउ गरिएको छ । पाँच जना फरार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयको विवरणमा उल्लेख छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्