काठमाडौं । शिवश्री हाइड्रोपावरले जारी गरेको १ः१ अनुपातको हकप्रद शेयर खरिदको आवेदन म्याद असोज ८ गतेबाट बढाएर असोज २३ गतेसम्म पुर्याइएको छ ।
कम्पनीले हालको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर.१०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।
साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी मात्र आवेदन दिन योग्य हुनेछन् । आवेदन सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका शाखा, सहभागी बैंक तथा वित्तीय संस्थाहरूको सि–आस्बा सेवा र ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ । हकप्रद निष्कासन र बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्