काठमाडौं । बाजुराको सदरमुकाम मार्तडीमा जारी बाजुरा कप फुटबल प्रतियोगितामा समूह चरणका खेल सकिए संगै क्वाटर फाइनलको समिकरण पुरा भएको छ। २० टिम मध्ये भएको समूह चरणका खेलहरु सकिएसँगै पश्चात् आज विहानबाट क्वाटरफाईनलका खेल हुने भएका छन्।
क्वाटरफाइनमा ८ टिम तय भएका छन्। क्वाटर फाइनको समीकरणमा रानीवन स्पोर्टस् क्बलकै तीन टिम पुगेका छन् । रानीवन लेजेन्ट, रानीवन ए र रानीवन बि क्वाटरफाइनल पुगेका हुन् । यस्तै मार्तडी स्पोर्टस् युथ क्लब, साइनिगं स्टार कोल्टी,मार्तडी क्याफे, बिएम नाइन, र बिएम सेभेन क्वाटर फाइनल पुगेका छन् ।आइतबार क्वाटर फाइनलका चारवटै खेल पश्चात् सोमबार सेमिफाइन र फाइनल खेल सकाउने आयोजकले बताएको छ ।
प्रतियोगितामा विजेताले ६१ हजार नगद, टर्फि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।भने उपविजेता टिमले ३२ हजार नगद सहीत प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडी,सर्वोत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई ५।५ हजार नगदले सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको दिनेश ट्रेर्डस एण्ड सप्लार्यसले प्रायोजन गरेको छ । खेल मालिका माविको खेल मैदानमा सञ्चालन भईरहेको छ । यो प्रतियोगिताले जिल्लामा नयाँ खेलाडी उत्पादन संगै जिल्लामा खेलकुदको विकास र युवाहरूको खेल प्रतिको आकर्षण बढ्ने अपेक्षा समेत लगिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्