काठमाडौं । हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ६७,६८२ पुगेको छ । अन्य १७०,०३३ जना घाइते भएका छन् । गाजाका स्वास्थ्य अधिकारीहरुका अनुसार विगत २४ घण्टामा ११६ शव फेला पारेका छन् । अस्पतालहरूमा ३५ शव र ७२ प्यालेस्टिनी घाइते भएका छन् ।
कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या ४६३ पुगेको छ, जसमध्ये १५७ बालबालिका छन् । हमास र इजरायल बिहीबार गाजा पट्टीमा युद्धविराम सम्झौतामा भएको छ । इजरायली सरकारले प्रस्तावलाई अनुमोदन गरेपछि शुक्रबारदेखि लागू भएको हो।
शुक्रबारदेखि २,५०,००० भन्दा बढी प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किएका छन् ।
गाजामा शुक्रबार स्थानीय समय अनुसार १२ः०० बजेदेखि लागू भएको युद्धविराम योजनाको पहिलो चरणको कार्यान्वयनपछि, हमासले सोमबारदेखि इजरायली बन्धकहरूलाई रिहा गर्ने जनाएको छ । इजिप्टमा कैदी आदानप्रदान र सीमा नाकाहरू पुनः खोल्ने र गाजामा सहायता प्रवेश गर्ने योजना सहितको वार्तापछि युद्धविराम भएको हो।
सम्झौता अन्तर्गत, इजरायलले लडाईं रोक्ने र गाजा पट्टीबाट फिर्ता हुने अपेक्षा गरिएको छ । जबकि हमासले लगभग २,००० प्यालेस्टिनी कैदी एवम बन्धकहरूलाई रिहा गर्नेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्