काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका वडा न. ६ बेल्डिका किसानलाई दाना तथा घाँसको बिउ वितरण गरिएको छ । गुप्तेश्वर सहकारी संस्थामा आवद्ध शेयर धनी गाई भैंसी पालक किसानहरूलाई उत्पादनको लागि प्रोत्साहित गर्न दाना तथा घाँसको बिउ वितरण गरिएको हो ।
चन्द्रपुर नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सहदेव केसीले कृषकलाई दाना तथा घाँसको बिउ वितरण गर्दै दुध उत्पादनमा जोड दिन आग्रह गरे । पशुपालक कृषकको संख्या बढदै गएको भन्दै उनले वडा तथा पालिकाले समेत आवश्यक सहयोग गर्ने बताए ।
पशुमा देखिने विभिन्न रोगको खोप पालिकाको पशु शाखाको समन्वयमा वडा कार्यलयले समय समयमा दिँदै आएको उनको जिकिर छ । उत्पादित दुधको बजारीकरणमा कुनै समस्या नरहेको वडाध्यक्ष केसीले बताए ।
सहकारी संस्थामा आवद्ध भएका कारण गाई भैंसी किन्न सहुलियतमा कर्जा पाउनुका साथै दाना तथा घाँसको बिउ पाएकोमा किसानहरुले खुशी व्यक्त गरे । सहकारी संस्थामा आवद्ध करीब ५० जना सेयर धनी किसानलाई दाना तथा घाँसको बिउ वितरण गरिएको गुप्तेश्वर सहकारी संस्थाले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्