Skip to content

विवाहपञ्चमी महोत्सवका लागि जनकपुरका विद्यालय तीन दिन बन्द

कालोपाटी

१० महिना अगाडि

काठमाडौं ।सप्ताहव्यापरी रुपमा मनाईने मिथिलाको ऐतिहासिक विवाहपञ्चमी महोत्सवलाई मध्येनजर गर्दै जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द हुने भएको छ । महोत्सवको अवसरमा आयोजित मेला भव्य बनाउन आजदेखि तीन दिनका सम्मका लागि बन्द हुने भएको छ ।

संस्थागत विद्यालयहरु आवद्ध प्याब्सन, एन–प्याब्सन र हिसान जनकपुरधामले संयुक्त रुपमा सूचना जारी गर्दै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ । सूचनामा विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनको सुविधालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ ।

साथै आज देखि तीन दिनसम्म जनकपुरधामभरि माछा–मासु र मदिरा बिक्री वितरण प्रतिबन्ध लगाइएको छ । आइतबार राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले माछा मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
कसैले आदेश विपरीत माछा मासु र मदिरा बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम सजाय हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार