Skip to content

बजार फर्कियो हरियातर्फ, तर कारोबार घट्यो

कालोपाटी

१ महिना अगाडि

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ भने कारोबार रक मभने घटेको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्से यस दिन भने ६।७४ अंकले बढ्दै २६०१।६१ विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स २।०१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।७८ अंकले उकालो लागेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो कारोबार दिन आइतबार ४ अर्ब रुपैयाँको शेयर कारोबार भएको बजारमा सोमबार ३२९ स्टकको ५६ हजार १२२ पटकको कारोबारमार्फत ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँबराबरको ७७ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन दुई कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर मूल्य अधिकतम वृद्धि हुँदै सकारात्मक सर्किटमा पुगेको हो । त्यस्तै, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढीले बढेको छ । घट्ने स्टकतर्फ हिमस्टार उर्जा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ६।९५ प्रतिशतले घटेको छ भने अन्य घट्ने स्टकहरूको मूल्य गिरावट ४।५ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड २५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यसैगरी लक्ष्मी सनराइज बैंकको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ भने नेपाल एसबिआई बैंकको करिब साढे १३ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये सोमबार ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूह करिब १ प्रतिशतले बढेको छ । यद्यपि होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार