काठमाडौं । मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष शिवराम यादवले सरकारी निकाय र मन्त्रायलहरुले रिक्त दरबन्दिको माग फारम पठाउने नगरेको गुनासो गरेका छन् । सोमबार आयोगको जनकपुरधामस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले मधेश प्रदेश सरकारको निहितमा रहेका सरकारी निकाय, संघसंस्था, स्वास्थ्य विभाग, मन्त्रालयहरुले रिक्त रहेका दरबन्दिको पदपूर्तीका लागि आयोगमा माग फारम नै नपठाउने गरेको जानकारी दिएका छन् ।
उनले केही दिन अघि स्वास्थ्यकर्मीहरुको एक समूहले आयोगको कार्यालय अगाडि आएर प्रदेश लोक सेवा आयोग मुर्दावादको नारा लगाएको बताए । उनले सो समूहलाई कार्यालयमै बोलाएर किन नारा लगाएको भनेर प्रश्न गर्दा उनीहरुले विगत लामो समयदेखि आयोगले कुनै पदपूर्तिका लागि विज्ञापन ननिकालेकाले आफूहरु बाध्य भएर विरोध गर्न आएको बताएका थिए ।
कुनै पनि स्थानीय तह, मन्त्रायल वा सरकारी निकायमा प्रदेश लोक सेवा आयोगले आफू गएर पद रिक्त रहेको जानकारी लिने काम आयोगको जिम्मेवारी तहत नपर्ने अध्यक्ष यादवले स्पष्ट पारे । उनले आफूले पदभार ग्रहण गरेदेखि आयोगमा प्राप्त भएको रिक्त दरबन्दिको पदपूर्ती कानुन सम्मत रहेर समयमै गरेको जानकारी दिए । तर सरोकार वाला निकायको गैर जिम्मेवारीका कारण रिक्त दरबन्दि रहेको स्थानमा गैरकानुनी रुपमा करारमा कर्मचारी भर्ना गर्ने गरेकोले प्रदेश लोक सेवा आयोगको बदनामी भएको उनले गुनासो गरे ।
उनले १५ महिनामा आयोगले ११ंं०० दरबन्दिको पदपूर्ति गरेको जानकारी दिए । कतिपय निकायले चाहिएको कर्मचारीको तहको विवरणसमेत राम्ररी नखुलाई माग फारम पठाउने गरेको उनले बताए । अध्यक्ष यादवले समयमै माग फारम पठाएर सम्पूर्ण सरकारी निकाय, संघसंस्था तथा मन्त्रालयहरुलाई सहयोग गरिदिन आग्रह गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्