काठमाडौँ । मधेश प्रदेशमा रहेका शहीद परिवारका सदस्यहरुले सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।बुधबार जनकपुरधाममा पत्रकार सम्मलेन गर्दै मधेशी शहीद प्रतिष्ठानका सदस्यहरुले सरकारले आफूहरुलाई हदै सम्मको बेवास्ता गरेको भन्दै एक हप्ता पछि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
शहीदको नाममा नेता र मन्त्री बनेकाहरुले संघियता ल्याउन आफ्नो बलिदानी दिएका शहीद र उनीहरुको परिवारका सदस्यहरुलाई झुक्काउन मात्र खोजेको मधेशी शहीद प्रतिष्ठानका सदस्य एवम सहिद चंदिन पटेलका पिता अवदेश पटेलले बताए ।उनले शहीद परिवारका निम्ति बनाइएको मधेशी शहीद प्रतिष्ठानको नाममा १० करोड बजेट बिनियोजन गरिने भनिएकोमा जम्मा २ करोड बजेट मात्र राखेको गुनासो गरे । त्यसमा पनि अहिलेसम्म कुनै काम काज अगाडि नबढाइएको उनले बताए ।
शहीद परिवारका सदस्यहरुलाई रोजगारी दिने नाममा केहि सदस्यहरुलाई मात्र विभिन्न मन्त्रालय र कार्यालयहरुमा पिउनको नोकरी करारमा दिएर बेइज्जत गरेको उनले आरोप लगाए । दशैंलगायतका चाडपर्वका बेला सम्पूर्ण कर्मचारीहरुले तलब पाए पनि शहीद परिवारका सदस्यहरुलाई तलब नदिएको उनले जानकारी दिए । उनले मधेश प्रदेशकाका सम्पूर्ण नेता र मन्त्रीहरुलाई लाज लाग्नु पर्ने बताए ।
मधेश प्रदेशमा जनमत नेतृत्वको सरकार बनेको बेलादेखि अहिलेसम्म आफूहरुले दुख मात्र भोग्नु परेको सुनाए । उनले अधिकांश सहिद परिवारका सदस्यहरुको स्थिती नाजुक रहेको र खान, लगाउन, औषधी उपचार खर्चदेखि लिएर बालबच्चाको पढाई लेखाई पनि गर्न नसक्ने स्थिती शहीद परिवाका सदस्यहरुको रहेको जानकारी दिए ।
सदस्य पटेलले नेपालभरका जनयुद्ध, जेनजी र मधेश आन्दोलनलगायतका विभिन्न समयमा शहीद भएका सम्पूर्ण शहीद परिवारका सदस्यहरुलाई एक ठाउँमा ल्याई अन्तिम पटक आफ्नो जायज हक अधिकार प्राप्तिका लागि शसक्त आन्दोलन गर्ने जानकारी दिए । उनले शहीद परिवारका सदस्यहरुले खान लगाउन देखि संसद भवनसम्ममा आरक्षण पाउनु पर्ने माग राखेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्