Skip to content

साह र बेनलाई साक्षी राखेर बालेन र रविबीच भेटवार्ता, बालेनलाई प्रधानमन्त्री बनाउनुपर्ने विषय ‘बटमलाइन’

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा केन्द्रित सो भेटको व्यवस्था कुपण्डोलस्थित कुमार बेनको घरमा भएको हो ।

यसअघि पनि रवि र बालेनबीच भेट भएको थियो । वार्तामा रास्वपाका केन्द्रीय सदस्य असिम साह र बालेनका राइट ह्याण्ड कुमार बेन सहभागी छन् ।सो भेटको मुख्य विषय नै बालेनलाई प्रधानमन्त्री बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्