Skip to content

Kalopati Explainer : बालेन-रवि वार्तामा के-के कुरा भयो ? कुन-कुन विषयमा कुरा मिल्यो ? कुन-कुनमा मिलेन ?

पूजा आचार्य

१ घण्टा अगाडि

काठमाडौँ । बिहीबार रवि लामिछाने र बालेन शाह बीच भेट भएको छ । भेटमा दुवै पक्षले खुलेर आफ्नो कुरा राखेका छन् ।

१. वार्तामा रवि र बालेन मिलेर जाने विषयमा कुरा भयो । रविले घण्टी चुनाव चिन्हमै चुनावमा जान आग्रह गरे । घण्टी स्थापित चुनाव चिन्ह भएकाले यसलाई नछोडौ भन्ने रविको प्रस्ताव थियो । यसमा बालेनले घण्टी चुनाव चिन्ह लिएर आफुलाई चुनाव लड्न कुनै पनि समस्या नभएको जवाफ दिए ।

२. रविले पार्टीको नाम पनि रास्वपा नै हुनुपर्ने माग राखे । बालेन यसमा कुलमान घिसिङ्गसँग सल्लाह गरेर जवाफ दिने जवाफ दिए ।

३. बालेनले आफु रास्वपामा प्रवेश गरेको भन्ने सन्देश जान नहुने विषय राखे । आफ्नो कुनै अर्को पार्टीमा आवद्धता देखाएर मात्र एकतामा जाँदा के होला भन्ने बालेनको जिज्ञासामा रविले त्यस्तो सन्देश नजाने दाबी गरे । पार्टी भर्सेस व्यक्तिको कुरा आउन सक्ला भन्ने कुरा रविले उठाएपछि बालेनले जेनजी विद्रोहका बेला आफुलाई केन्द्रमा राखिएकाले त्यो भीडलाई कमजोर नठान्न आग्रह गरे ।

४. भेटमा बालेन शाहले हर्क साम्पाङ्गलाई पनि पार्टीमा ल्याउने बताए । गोपी हमाल पनि पार्टीमा आउने बताए । रविले सो काम गर्न नसक्ने निष्कर्षका साथ बालेनले सबैलाई मिलाउन आफु नै लाग्ने बताए ।

५. कुलमान घिसिङ्गलाई रास्वपामा डिपी अर्यालभन्दा माथिको बरियता दिनुपर्ने माग उठेपछि रवि यस विषयमा पार्टीमा सल्लाह गर्छु भन्ने स्थितिमा पुगेका थिए ।

६. अघिल्लो भेटका विषयमा मिडियामा फरक अर्थ लाग्नेगरी बोलेको भन्दै अव मिडियामा धेरै नबोल्ने सहमति दुवै नेताबीच भयो ।

७.  अन्य पार्टीका नेतासँग पनि छलफल गर्ने निर्णय गरेर रवि बाहिर निस्किए । बालेन अन्य नेता कार्यकर्तासँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्