Skip to content

रवि–बालेन एकताः स्वर्णिम वाग्लेले भने – ‘बालेन अब रास्वपाका नेता’

कालोपाटी

२२ घण्टा अगाडि

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई रास्वपाका नेता भएको बताएका छन्।

रास्वपाका सभापति रवि लामिछाने र मेयर शाहबीच एकताका लागि सातबुँदे सम्झौता भएपछि वाग्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ‘बालेन्द्र शाहः अब रास्वपाका नेता’ लेखेका हुन्।रवि लामिछाने र बालेन शाहबीच आइतबार बिहान करिब ४ः१५ बजे सहमति भएको हो। उक्त सम्झौताअनुसार रवि लामिछानेले पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीका रूपमा अघि सारिने उल्लेख गरिएको छ।

यस एकताले नेपाली राजनीतिमा नयाँ समीकरणको संकेत गरेको भन्दै राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्। रास्वपाले भने सहमतिका विस्तृत विवरण समयक्रममा सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्