Skip to content

बालेनसँग भेटेपछि ज्ञानेन्द्र शाहीः ‘युवासँग मिलेर जानु अन्तिम विकल्प हो’

कालोपाटी

२० घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग भएको भेटवार्तापछि मुलुकको विकास र जनताको अपेक्षा पूरा गर्न वैकल्पिक शक्तिहरू युवासँग मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

शाहीले बालेनसँग चरणबद्ध रूपमा वार्ता भएको पुष्टि गर्दै नयाँ शक्ति र युवाहरू एकीकृत भएर अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए। उनका अनुसार देश निर्माणका लागि विभिन्न युवाशक्ति र वैकल्पिक शक्तिहरू एकजुट भएर जान सक्ने सम्भावनाबारे गम्भीर छलफल भएको थियो।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा प्रभाव जमाउने गरी वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्नेमा आफ्नो जोड रहेको शाहीले बताए। उनले निर्वाचनको लागि मात्र नभई मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर सहकार्य अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गरे।

हालसम्म कुनै ठोस निर्णय भइनसकेको उल्लेख गर्दै शाहीले राजनीतिक सहकार्यको टुंगो लागेपछि थप विषय सार्वजनिक गरिने बताए।

प्रतिक्रिया दिनुहोस्