काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको जनधन क्षतिको विषयमा जाँचबुझ आयोगमा बयान दिएका छन्।
लेखक मध्याह्न करिब १२:३० बजे सिंहदरबारस्थित आयोग पुगेका थिए र करिब ३ बजे बयान सकाएर बाहिरिएका हुन्। जेनजी आन्दोलनको समयमा उनी गृहमन्त्री थिए।
आयोगले उनलाई पुस १३ गते उपस्थित हुन भनेको थियो, तर उनी एक दिन ढिला भएर आज मात्र बयानका लागि पुगेका थिए।
त्यस्तै, लेखकले आजै पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गर्ने योजना रहेको जनाएका थिए।
सरकारले जेनजी आन्दोलनको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्