काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको उम्मेदवार सूचीमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई समावेश गरेको छ ।
भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाएका धिरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई कांग्रेसले समानुपातिक उम्मेदवारको सूचीमा राखेको हो । उनी आदिवासी जनजाति क्लष्टरअन्तर्गत समावेश भएका छन् । नारायण श्रेष्ठ काठमाडौं निवासी हुन् ।
कांग्रेसको समानुपातिक सूचीमा समावेश नारायण श्रेष्ठ जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्षसमेत रहेका छन् । यसअघि संस्थाका अध्यक्ष भोजविक्रम थापाले स्वास्थ्य कारण देखाउँदै राजीनामा दिएपछि श्रेष्ठ संस्थाको मूल नेतृत्वमा निर्विरोध चयन भएका थिए ।
कांग्रेसको यस निर्णयलाई जेनजी आन्दोलनका सहिद परिवारप्रति राजनीतिक सम्मान र समावेशी प्रतिनिधित्वको सन्देशका रूपमा हेरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्