काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि पार्टीमा महाधिवेशन गर्दा प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार केही पत्रकारहरूसँगको भेटघाटमा देउवाले आफू १५औँ महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताएका हुन्। उनले भने, “निर्वाचन अघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले पहिले नै संकेत दिएको छु। गर्ने हो भने मैले रोक्ने कुरा छैन।”
देउवाले १५औँ महाधिवेशनमा विधानअनुसार सभापतिको उम्मेदवार बन्न नपाइने र व्यक्तिगत इच्छा नभएको उल्लेख गर्दै अरुलाई प्रोत्साहन दिने मात्र हुने बताए।
विशेष महाधिवेशनको कुरा गर्दै उनले भने, “विशेष महाधिवेशन भए त्यसको विधि र प्रक्रिया लिएर नयाँ झगडा हुन्छ। त्यसैले विशेष महाधिवेशन हुँदैन। नियमित महाधिवेशन हो भने मिलेर गर्न सकिन्छ।”
उनको यस बयानलाई पार्टीभित्रको एकता र निर्वाचनअघि स्थिरता कायम राख्ने संकेतका रूपमा हेरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्