Skip to content

अर्थमन्त्री खनालले गरे गगनको समर्थन, ‘ल्याबटप चलाएरै महिनाको केहि लाख कमाउन गाह्रो छैन’

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ ।  केहि समय अगाडी गगन थापाले किर्तिपुरको डाँडामा बसेर महिनाको ३ लाखसम्म कमाउन सकिन्छ भन्दै दिएको भाषण चर्चामा थियो । स्थानीय तहको उपनिर्वाचनको बेलामा कांग्रेस महामन्त्री थापाको यो अभिव्यक्ति निकै भाइरल भयो । कतिपयले डाँडामा बसेर ल्याबटप चलाउँदैमा महिनाकै ३ लाख कमाउन सकिने भए किन बिदेशिनुपर्थ्यो भनेर उनलाई उडाए ।

कतिपयले त अव ल्याबटप लिएर किर्तिपुरको डाँडामा जानुपर्यो भन्दै ट्रोल पनि गरे । तर, सत्य आखिर यहि थियो, कि उनले बोलेको विषय कुनै नौलो विषय थिएन । किर्तिपुरको डाँडामा होस् वा काभ्रेको भनज्याङ्गमा, जहाँ बसेर भए पनि आइटीमा राम्रो काम गरिरहेकाहरुले महिनाको ३-४ लाख सहजै कमाईरहेकै थिए, कमाईरहेकै छन् । तर, गगनले बोलेपछि तितो मानिहाल्नुपर्ने र तथ्य जाँच तिर नलाग्ने भीडले यो विषयलाई भाइरल बनायो ।

तर कालान्तरमा धेरै पढेलेखेकाहरुले पनि गगनको सो भनाईलाई समर्थन गरिरहेका छन् । यसको पछिल्लो उदाहरण, अर्थमन्त्रीको पछिल्लो भाषण हो । जहाँ उनले गगनले भनेको कुरा सत्य हो भनी थप प्रष्ट पारेका छन् ।
उ बेला गगनले भनेका थिए- ‘कीर्तिपुरलाई नेपालको यस्तो नमुना नगर बनाउन सकिन्छ । जसको घरबाट निस्किएका बच्चाहरूले अबको ५, ६, ७, ८ वर्षपछि, यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन् । यही कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको २ लाख, ३ लाख, ४ लाख आम्दानी गर्नेछन् ।’
गगनले भनेको कुरा, पूरापूर सत्य थियो । तर रवि लामिछानेको विरोध गरेको भन्दै आलोचना खेपिरहेका उनीमाथि सामाजिक संजालको भीड खनिईहाल्यो ।

यति सम्मकि स्वयम् गगनले पनि अन्य थुप्रै ठाउँमा यो कुराको थप प्रष्टीकरण दिनुपरेको थियो । तर अहिले केही समयअघि थापाले अभिव्यक्त गरेको भनाइमा अर्थमन्त्री रामेश्वर खनालले सहमति जनाएका छन् । फर्मर प्लानर फोरम नेपालले आयोजना गरेको छलफलमा अर्थमन्त्री खनालले गगन थापाको अभिव्यक्ति समेत स्मरण गर्दै थापाले भनेको कुरा आफ्नो समर्थन रहेको बताएका छन्।

आज पनि आइटीमा काम गरिरहेकाहरुले सहजै महिनाको केहि लाख कमाईनै रहेका छन् । तर यो सत्य बोल्दा गगन ट्रोलको सिकार बनेका थिए । अहिलेका अर्थमन्त्री खनालले गगनको समर्थन गरेपछि अहिले गगनबारे ट्रोल गर्नेहरुसमेतको बोल्ती बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्