काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धनको मूल्य घटाएको छ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाइएको हो। आन्तरिकतर्फको हवाइ इन्धनमा भने प्रतिलिटर ६ रुपैयाँले कटौती गरिएको छ। घटेको नयाँ मूल्य बिहीबार बिहानदेखि लागू भएको निगमले जनाएको छ।
मूल्य समायोजनसँगै काठमाडौँ उपत्यकामा अब पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३७ रुपैयाँ कायम भएको छ।
निगमका अनुसार भारतीय आयल निगम (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा इन्धनको मूल्य समायोजन गरिएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावका कारण नेपाली उपभोक्तालाई केही राहत दिन मूल्य घटाइएको निगमको भनाइ छ।
यस्तै, अन्तर्राष्ट्रिय उडानतर्फ प्रयोग हुने हवाइ इन्धनको मूल्यमा प्रतिकिलोमिटर अमेरिकी डलर ४२ ले कटौती गरिएको छ। तर एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले स्पष्ट पारेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्