Skip to content

दक्षिण कोरिया रोजगारीका लागि लामो पर्खाइ: भाषा परीक्षा पास गरेका युवाको आन्दोलन

कालोपाटी

४९ मिनेट अगाडि

काठमाडौँ – वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउन माग गर्दै ललितपुर ग्वार्कोस्थित इपीएस कार्यालयमा प्रदर्शन भएको छ।

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरी रोस्टरमा रहेका युवाहरूले कोरिया पठाउन ढिलाइ भएको भन्दै कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

दुई महिना अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्दोलनरत पक्षबीच सहमति भए पनि, सरकारले आवश्यक प्रक्रिया अगाडि नबढाएको भन्दै युवाहरूले आन्दोलन सुरु गरेका हुन्।

भाषा र सिप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा पनि कोरिया जान नपाएको कारण युवा राजन ढुंगानाले आन्दोलनमा उत्रिएको बताए। उनले कोरियाको मागभन्दा बढी आवेदन खुलाउँदा मेहनती युवाले अवसर पाउन नसकेको गुनासो गरे।

राज्यले रोजगारीका लागि प्रक्रिया अगाडि नबढाउँदा आफूहरू दोधारे समस्यामा परेको उनले बताए। सन् २०२५ मा १ लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना मात्र भाषा परीक्षामा उत्तिर्ण भएका थिए। तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता नभएका कारण उनीहरूले कोरिया जान पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्