काठमाडौँ। यातायात सञ्जाल विस्तारको कारण घर घरमा उपभोग्य सामान पुग्न लागेपछि स्थानीय हाटबजारहरु बिस्तारै हराउँदै जान लागेका छन् । गाउँ गाउँमा लाग्ने हाटबजार र मानिसहरूको जमघट हिजो आज कम मात्रै देखिन लागेको छ ।
धेरै ठाउँमा हाटबजार लाग्न छाड्दा पनि रामेछापको रामेछाप बजारमा दशकौँदेखि लाग्दै आएको हाट भने अहिले पनि निरन्तर लाग्दै आएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा बिहीबार लाग्ने हाट सामान किनबेच गर्ने थला मात्र नभएर स्थानीयको भेटघाट गर्ने थलो समेत भएको छ ।
‘पुराना इष्टमित्र, साथीभाइ भेट्नु प¥यो भने रामेछाप हाट जानुपर्छ, धेरैसँग भेटघाट हुन्छ, किनमेल नै नहुने मानिसहरु पनि भेटघाटको लागि हाट आउने गर्दछन्’, रामेछाप नगरपालिका–८ का दामोदर घिमिरे भन्छन् ।
रामेछाप हाट खसी–बोका, कुखुरा, गहत, मस्याङ, राजमा लगायतका गेडागुडी र स्थानीय फलफूल तथा तरकारीको लागि निक्कै प्रख्यात छ । यहाँको हाटमा स्थानीय किसानका उत्पादन खरिद गर्न, सिन्धुली, दोलखा,तथा काभ्रेसम्मका मानिसहरू आउने गर्दछन् ।
‘खसी–बोका र गेडागुडीको लागि रामेछाप हाट प्रख्यात छ, भेटघाट गर्ने पनि राम्रो थलो बनेको छ’, रामेछाप नगरपालिका–५ रामपुरका भरतसिं तामाङ बताउँछन् ।
रामेछाप जिल्लाको सदरमुकाम रामेछाप बजारमा रहेको बेला सदरमुकाम बस्नेहरूलाई तरकारी, फलफूल तथा अन्नपात किन्न सहजताको लागि यो हाट सुरु गरिएको थियो ।
२ सय ८ वर्षसम्म सदरमुकाम बसेको रामेछाप बजारबाट २०४५ सालमा सदरमुकाम मन्थली स¥यो । तथापि रामेछाप बजारमा लाग्ने बिहीबारे हाट भने अहिले पनि यथावत् नै छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्