Skip to content

विपद् व्यवस्थापनमा ड्रोनको नयाँ भूमिका: कुजिङ शहरमा नियमित हवाई गस्ती र पर्यावरण निगरानी

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ ।चीनको युन्नान प्रान्तको कुजिङ शहरमा विपद् व्यवस्थापन र वातावरणीय सुरक्षा सुनिश्चित गर्न ६ वटा ड्रोनमार्फत नियमित हवाई गस्ती र अनुगमन सुरु गरिएको छ।

यी ड्रोनहरूले आगलागीको जोखिम पहिचान गर्न, सम्भावित विपद् बारे पूर्वसूचना दिन, नदीको पानीको गुणस्तर अनुगमन गर्न र पारिस्थितिक सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, ड्रोनहरूको यो अनुगमन सञ्जालले कुजिङ शहरलाई प्राकृतिक जोखिम र वातावरणीय चुनौतीहरूबाट सुरक्षित राख्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्