Skip to content

राष्ट्रिय दिवसमा कतारले १३ नेपालीलाई दियो आममाफी

कालोपाटी

३ घण्टा अगाडि

काठमाण्डौ  । कतार सरकारले जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका आधारमा १३ जना नेपालीलाई आममाफी दिएको हो ।

यसैबीच परराष्ट्र मन्त्रालयले कतार सरकारले नेपाली कैदीलाई आममाफी दिएकोप्रति आभार प्रकट गरेको छ । मानवीय आधारमा प्रदान गरिएको यो आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यस किसिमको उदार कदमले दुवै देशबीचको आपसी समझदारी र सहयोगलाई अझ सुदृढ बनाउने मन्त्रालयको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्