Skip to content

‘सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन निरन्तर प्रयासरत छौं’ : सुनिता डंगोल

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन महानगर निरन्तर क्रियाशील रहेको बताएकी छन्।

शुक्रबार वडा नम्बर–८ स्थित रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एक्स–रे मेसिनको उद्घाटन गर्दै उनले सबै नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु महानगरको प्राथमिकता रहेको उल्लेख गरिन्।

उपप्रमुख डंगोलले भनिन्, स्वास्थ्य सेवा छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित वडा–वडामा सहकारी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिरहेका छौं। कतिपय स्थानमा भाडामा लिएर पनि सेवा दिइरहेका छौं र यसको प्रभाव सकारात्मक देखिएको छ।”

उनले रामघाट स्वास्थ्य सेवा केन्द्रको लामो इतिहास र ती क्षेत्रका उच्च जनघनत्वका कारण सेवाग्राहीको चाप धेरै रहेको बताए। आवश्यक संरचना थप्दै सेवाको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको उनले स्पष्ट पारिन्।

एक्स–रे सेवा सुरु भएकोले धेरै सेवाग्राही लाभान्वित हुने र यसले काठमाडौं महानगरको सार्वजनिक स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्