काठमाडौं । हवाई इन्धनको मूल्य घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने फ्युल सर्चार्ज समायोजन गरेको छ। समायोजनसँगै आजदेखि विभिन्न गन्तव्यको हवाई भाडा घटेको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएपछि सोहीअनुसार हवाई भाडामा पनि कटौती गरिएको हो।
समायोजित मूल्यअनुसार काठमाडौं–धनगढी उडानमा सबैभन्दा बढी २६५ रुपैयाँ भाडा घटेको छ। यसअघि ५ हजार ९२० रुपैयाँ रहेको फ्युल सर्चार्ज अब ५ हजार ६५५ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, माउन्टेन फ्लाइटतर्फ २१० रुपैयाँ, काठमाडौं–भद्रपुर १८० रुपैयाँ, काठमाडौं–नेपालगञ्ज १९५ रुपैयाँ, काठमाडौं–सुर्खेत २१० रुपैयाँ र काठमाडौं–भैरहवा १२५ रुपैयाँ भाडा घटेको छ।
क्षेत्रीय उडानतर्फ जनकपुर–नेपालगञ्ज रुटमा २७० रुपैयाँ र जनकपुर–धनगढी रुटमा ३३० रुपैयाँ भाडा कम लाग्ने गरी फ्युल सर्चार्ज समायोजन गरिएको छ।
उड्डयन प्राधिकरणका अनुसार फ्युल सर्चार्ज हवाई भाडाको एउटा अंश मात्र हो। यसमा विभिन्न कर तथा वायुसेवा कम्पनीले लिने अन्य शुल्क जोडिएपछि मात्रै अन्तिम भाडादर कायम हुन्छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्