Skip to content

समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिलाई समेट्न सर्वोच्चको आदेश

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं — सर्वोच्च अदालतले दलहरूले पेश गरेको समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिहरूलाई पनि समावेश गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ।

न्यायाधीश हरि फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले आदेशमा उल्लेख गरेको छ, “कुनै दलहरुले बन्दसूचीमा अपांगता भएका व्यक्तिहरूको नाम समावेश नगरेको भए, सच्याएर समावेश गरी पेश गर्न लगाउन।”

यसअघि विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्वको व्यवस्था भए पनि अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व नभएको भन्दै माधव प्रसाद चम्लागाईंले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्