काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुनेमा नेता–कार्यकर्तालाई आश्वस्त बनाउँदै विश्वास दिलाएका छन्।
कार्यसम्पादन समितिको बैठकका लागि केन्द्रीय कार्यालय सानेपामा पुगेका शर्मा पत्रकारहरूसँग कुरा गर्दै भने, “विधानको व्यवस्थाअनुसार कार्यक्रम गरेर जाँदा कांग्रेस फुट्दैन, एक ढिक्का रहन्छ। कसैले आशंका नगरे हुन्छ। म सबैलाई ढुक्क बनाउन चाहन्छु ,पार्टी एक ढिक्का रहन्छ।”
उनले थपे, अहिलेको अवस्थामा महाधिवेशन गरेर नयाँ नीति तथा नेतृत्व चयन गरेर निर्वाचनमा जानुपर्थ्यो, तर मिति तय मात्र गरिएको र त्यसपछि कुनै कदम चालिएको नभएको बताए।
कांग्रेसमा महामन्त्रीद्वय शर्मा र गगन थापाले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग अनुसार विशेष महाधिवेशन गरेर निर्वाचन अघि नयाँ नेतृत्वसहित जानुपर्ने पक्षमा छन्। तर संस्थापकहरूले निर्वाचन अघि पार्टी अधिवेशन नहुने पक्षमा रहेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्