काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौँदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकता कायम राख्न सबैलाई अपिल गरेका छन्।
धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदायबीचको विवाद उग्र रूप लिन थालेपछि मुख्यमन्त्री यादवले शान्ति, सद्भाव र एकताको मार्ग रोज्न आग्रह गरेका हुन्।
मुख्यमन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी सन्देशमा मधेशको विविधता नै यसको सामर्थ्य र शक्ति भएको बताएका छन्। ‘मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन,’ भन्दै उनले पछिल्लो समय केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाले सबैलाई मर्माहत बनाएको उल्लेख गरेका छन्।
हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट पार्दै उनले धर्मका नाममा फैलाइने घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको बताए। ‘हिंसाको बाटोले व्यक्ति, समाज र राज्य सबैलाई आहत पुर्याउँछ,’ मुख्यमन्त्री यादवको भनाइ छ।
प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले शान्ति–सुरक्षाको अवस्था थप मजबुत बनाइने जानकारी दिएका छन्। साथै, कुनै पनि किसिमका अफवाह र घृणात्मक गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिने भन्दै नागरिकलाई संयम र सहकार्य गर्न आग्रह गरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्