काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने माग गर्दै दायर रिट सुनुवाइका लागि पेसी तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा रिट सुनुवाइका लागि मिति तय गरिएको हो।
रिट २०७९ फागुन २३ गते दर्ता भएको थियो। निवेदकहरूमा रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ जना द्वन्द्वपीडित छन्। उनीहरूले आफ्ना परिवारका सदस्यको हत्या दाहालले स्वीकार गरेको भन्दै आवश्यक अनुसन्धान अघि बढाउन र दाहाललाई पक्राउ गर्न अदालतलाई अनुरोध गरेका हुन्।
दाहालले २०७६ माघ १ गते काठमाडौँमा आयोजित कार्यक्रममा १७ हजार मध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले लिएको बताएका थिए।
प्रतिवादी बनाएर दायर रिटका अन्य निवेदकहरूमा सिन्धुपाल्चोक, गोरखा, स्याङ्जा, काभ्रे, ओखलढुङ्गा र धनुषाका नागरिकहरू पनि रहेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्