काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, पुस २५ गतेदेखि लागू हुने गरी न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।
यस्तै, न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरिएको छ।
निर्वाचन आयोगका अनुसार नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले माघ २ गतेदेखि आफू खटिएको निर्वाचन क्षेत्रभित्र कार्यालय स्थापना गरी निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछन्। उनीहरूको नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्