Skip to content

उम्मेदवारका रुपमा महेश वस्नेत र गोकुल वाँस्कोटाको नाम एकल सिफारिस

कालोपाटी

२ दिन अगाडि

काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला तथा क्षेत्रीय कमिटीहरूलाई निर्देशन दिएको छ। यसअनुसार देशभर जिल्ला र निर्वाचन क्षेत्र स्तरबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र बनेको छ।

उम्मेदवार सिफारिसको क्रममा कतिपय निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका छन् भने केही स्थानबाट एकभन्दा बढी नाम केन्द्रमा पठाइएको छ।

यसै क्रममा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट एमाले सचिव महेश वस्नेतको नाम एकल सिफारिस गरिएको छ। वस्नेत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनसँग पराजित भएका थिए।

साथै, काभ्रे निर्वाचन क्षेत्र नं. २ बाट एमाले नेता गोकुल बास्कोटाको नाम पनि एकल सिफारिस गरिएको छ। बास्कोटा २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भइसकेका छन्।

एकल नाम सिफारिस भएकोले यी निर्वाचन क्षेत्रबाट उनीहरू चुनाव लड्ने करिब निश्चित भएको छ। तथापि, अन्तिम निर्णय भने पार्टी केन्द्रले गर्ने छ।

प्रतिक्रिया दिनुहोस्