Skip to content

ट्रम्पद्वारा भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई चेतावनी

कालोपाटी

२ दिन अगाडि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई चेतावनी दिनुभएको छ कि यदि उनले सही निर्णय नगरे निकोलस मादुरोभन्दा पनि खराब परिणाम भोग्नुपर्नेछ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, रोड्रिग्वेजले सत्ता सम्हाले लगत्तै अमेरिकाले भर्तमान शासनलाई वैधता दिन अस्वीकार गरेको छ।

राष्ट्रपति ट्रम्पले भेनेजुएलाको पूर्वाधार सुधारका लागि अमेरिकी तेल कम्पनीहरू पठाउने घोषणा पनि गर्नुभएको छ। यसैबीच, ब्रुकलिन हिरासतमा राखिएका मादुरोलाई न्यूयोर्कको अदालतमा आज उपस्थित गराइँदैछ। उनीमाथि लागूऔषध तस्करी र अवैध हतियार ओसारपसारको आरोप लगाइएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कराकासमा गरिएको हवाई आक्रमणलाई युद्ध नभई कानूनी कारबाहीको रुपमा वर्णन गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्