काठमाडौँ – देशभरका सबै भन्सार कार्यालयमा अनलाइन मूल्याङ्कन डाटाबेस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएको छ। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार बाँकी रहेका १८ वटा भन्सार कार्यालयमा सोमबारदेखि एकैसाथ प्रणाली लागू गरिएको हो।
यो प्रणाली गएको भदौ ८ गते विराटनगर भन्सार कार्यालयमा परीक्षणका रूपमा सुरु गरिएको थियो। त्यसपछि वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, चोभार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका प्रमुख भन्सार कार्यालयमा विस्तार गरिएको थियो।
महानिर्देशक भण्डारीका अनुसार अनलाइन मूल्याङ्कन प्रणालीले भन्सार विन्दुसम्म आइपुग्दा लागेको सम्पूर्ण खर्च समेटेर वस्तुको मूल्य निर्धारण गर्नेछ। यसअघि सन्दर्भ मूल्यका आधारमा नक्कली बिल–बिजक पेश गर्ने प्रवृत्ति रहे पनि अब यस्तो अभ्यासमा नियन्त्रण हुने अपेक्षा गरिएको छ।
उहाँका अनुसार प्रणाली लागू भएसँगै निजी क्षेत्रलाई इमानदार कारोबारतर्फ प्रेरित गर्ने वातावरण बनेको छ। विश्व व्यापार संगठन (डब्लुटिओ) ले मान्यता दिएको यो वैज्ञानिक विधिले न्यून बिजकीकरण नियन्त्रण गर्दै अनौपचारिक अर्थतन्त्र घटाउन र भन्सार प्रक्रियालाई थप पारदर्शी बनाउने विश्वास लिइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्