Skip to content

राष्ट्रपति पौडेलद्वारा ट्रफी सार्वजनिक

कालोपाटी

२ दिन अगाडि

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को ट्रफी नेपालमा आइपुगेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा ट्रफी सार्वजनिक गर्नुभयो। कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल पनि उपस्थित थिए।

ट्रफी टुर कार्यक्रम अन्तर्गत ट्रफी पोखरा, वसन्तपुर र बौद्धनाथ स्तूपमा प्रदर्शन गरिनेछ। राष्ट्रपति पौडेलले ट्रफी नेपालमा ल्याइने अवसरलाई नेपाली क्रिकेट र खेलकुद क्षेत्रमा उत्साह तथा आत्मविश्वास अभिवृद्धि गर्ने ऐतिहासिक पल भएको बताए।

टी–२० विश्वकप २०२६ फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा सुरु हुँदैछ। नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेशसहित प्रतिस्पर्धा गर्नेछ। यो नेपालको लागि टी–२० विश्वकप ट्रफी पहिलोपटक प्राप्त हुने ऐतिहासिक अवसर हो।

प्रतिक्रिया दिनुहोस्