काठमाडौँ । बङ्गलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा २ सय ८७ जनाको ज्यान गएको अनुमान गरिएको छ।
सरकारद्वारा गठित एक अनुसन्धान आयोगले करिब १,५६९ अपहरण घटनाको छानबिन गर्दै तीमध्ये कम्तीमा २ सय ८७ जनाको मृत्यु भएको हुनसक्ने जनाएको हो। आयोगका अनुसार मृतकहरूको शव ढाकाको बुरिगङ्गा नदीलगायत विभिन्न नदीमा फालिएको वा सामूहिक चिहानमा गाडिएको हुनसक्ने अनुमान गरिएको छ। विभिन्न ठाउँमा चिह्न नलगाइएका चिहानहरू पनि फेला परेका छन्।
आयोगको अन्तिम प्रतिवेदनमा सुरक्षा निकायले शेख हसिना र उनका शीर्ष अधिकारीको निर्देशनमा काम गरेको र मानवअधिकार उल्लङ्घन भएको उल्लेख छ। अपहरणमा परेकामध्ये धेरैजसो जमात–ए–इस्लामी र बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का सदस्य रहेको प्रतिवेदनमा जनाइएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार सत्ता जोगाउन गरिएको दमनका क्रममा झन्डै १,४०० जनाको ज्यान गएको थियो। शेख हसिनालाई मानवताविरुद्धको अपराधमा उहाँको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्