काठमाडौँ । पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले वीरगञ्जमा देखिएको सामाजिक र धार्मिक विवादलाई सामाजिक सद्भाव कायम गरेर समाधान गर्न आह्वान गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज बसेको बैठकले सबै पक्षसँग सद्भाव कायम गर्न अनुरोध गरेको हो। नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले हाल देखिएको समस्यालाई दुवै समुदाय मिलेर टुङ्गाउनुपर्ने धारणा व्यक्त गर्दै भने, “समाजमा आगो लगाउनु कुनै पक्षको हितमा हुँदैन। सबैले मिलेर सामाजिक सद्भाव कायम गर्नेतर्फ अग्रसर हुन जरुरी छ। सदियौँदेखि चलेको सद्भावलाई कायम राखेर शान्ति अमनचयन गर्न आह्वान गर्दछु।”
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले हिन्दू पुरोहित र मुस्लिम धर्मगुरु मौलानाको अग्रसरतामा सामाजिक सद्भाव कायम गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने बताए।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले पनि हाल देखिएको समस्या मौलिक नभई अन्य ठाउँको सिको गर्ने प्रवृत्तिले उत्पन्न भएको गुनासो व्यक्त गरे।
जनता समाजवादी पार्टी (जसपा) का युवा नेता तबरेज अहमदले विदेशी मुलुकमा भएका घटनालाई आधार बनाएर वीरगञ्जमा विरोध प्रदर्शन वा कुनै गतिविधि नगर्न आग्रह गरे।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सबै निकायसँग समन्वय र सहकार्य गर्दै सामाजिक सद्भाव कायम गर्न अग्रसरता लिइरहेको जानकारी दिएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्