काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई पदबाट हटाउने चेतावनी दिनुभएको छ। साथै उहाँले कोलम्बियामा सैन्य कारबाही गर्ने सम्भावनाबारे पनि संकेत गर्नुभएको छ।
ट्रम्पले कोलम्बियाली नेतृत्वलाई लागुऔषध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै क्षेत्रीय सुरक्षाको विषय उठाउनुभएको छ। कोलम्बियाविरुद्ध अमेरिकी सैन्य कारबाहीको सम्भावनाबारे सोध्दा ट्रम्पले आफूलाई ठिक लागिरहेको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कोलम्बियाली राष्ट्रपति पेट्रोले शनिबार भेनेजुएलामाथि अमेरिकी आक्रमणको विषयमा छलफल गर्न अमेरिकी राज्यहरूको संगठन र संयुक्त राष्ट्रसंघको आकस्मिक बैठक आह्वान गर्नुभएको थियो। यसअघि ट्रम्पले मेक्सिको र कोलम्बियालगायत अन्य देशहरूलाई लक्ष्य बनाएर सैन्य कारबाही विस्तार गर्नेबारे विचार गर्न सकिने बताएका थिए।
गत शनिबार अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्