Skip to content

बालिकालाई यौन गतिविधिमा लगाएको आरोपमा २ जना पक्राउ

कालोपाटी

२ दिन अगाडि

काठमाडौँ। बालिकाहरूलाई ललाइफकाइ यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–१ घर भएका २६ वर्षीय राजन तामाङ र दोलखाको मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय लक्ष्मण तामाङ रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलस्थित सञ्चयकोष अगाडिबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले १२ पुसको राति बा २ ख २३२७ नम्बरको ट्याक्सीमा दुई जना बालिकालाई लिएर जान लागेको अवस्थामा बालिकाहरूको उद्धार गरिएको थियो। सोधपुछ गर्दा उनीहरूले विभिन्न व्यक्तिहरूलाई फोटो देखाएर रकमको मोलमोलाई समेत गरेर यौन क्रियाकलापमा लगाउने गरेको खुलेको छ।

पक्राउ परेका लक्ष्मणविरुद्ध ३० असोज २०७३ मा दोलखामा कर्तव्य ज्यानको मुद्दा पनि दर्ता भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्