काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालय घेराउ गरेका छन्।
पार्टीको नियमित १५औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र भएको छ। विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी (२ हजार ४८८ जना) महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाए पनि तीन महिना बितिसक्दा पनि केन्द्रीय नेतृत्वले टारिरहेको भन्दै पक्षधरहरू आक्रोशित भएका छन्।
विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले केन्द्रीय कार्यालय घेरेर नारा लगाएका छन्। उनीहरूले भृकुटीमण्डपमा हल बुकिङ गरेर पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन्। तर संस्थापन पक्षले नियमित महाधिवेशनलाई वैशाखमा सारेर अघि बढाउने निर्णय गरेको छ।
कांग्रेसभित्रको यो आन्तरिक कलहले आगामी फागुनमा हुने संसदीय चुनावलाई समेत असर गर्न सक्ने देखिएको छ। पार्टी एकताका लागि छलफल चलिरहेको भए पनि सहमति जुट्न सकेको छैन।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्