Skip to content

सिनामंगल–गोंगबु रुटमा बसयात्रुबाट पौने ३ लाख पाकेटमारी, ४ जना पक्राउ

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौँ । सिनामंगलबाट गोंगबु जाँदै गरेको मयूर यातायातको बसमा बस्दै गरेका एक यात्रुको झन्डै २ लाख ७५ हजार रुपैयाँ चोरी हुने घटनामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

बाग्लुङ नगरपालिका–४ घर भई काठमाडौं मित्रनगरमा डेरा गरी बस्ने ३७ वर्षीय दीपेन्द्र शर्मा सिनामंगलबाट गोंगबु जाँदै थिए। मित्रपार्क पुग्नुअघि उनीसँग रहेको कालो साइड ब्याग हराएको थाहा पाए।

शर्माले २३ पुसमा प्रहरी वृत्त गौशालामा जाहेरी दिए। त्यसपछि अनुसन्धानमा खटिएको टोलीले छिटो अनुसन्धान गर्दै चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं दक्षिणकाली नगरपालिका–२ का ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत गाउँपालिका–७ का ४२ वर्षीय विकास लामा, तनहुँका ३३ वर्षीय राजु गुरुङ र ललितपुरका ३३ वर्षीय सुवास मगर छन्।

प्रहरीका अनुसार जाहेरी परेको ६ घण्टाभित्रै उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार