Skip to content

शेयर बजार सामान्य बढ्यो, कारोबार ४ अर्ब ९० करोड

कालोपाटी

२३ घण्टा अगाडि

काठमाडौँ । हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ। नेप्से परिसूचक आज ४.५९ अङ्कले बढेर २,६४०.५४ विन्दुमा पुगेको छ।

आज फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र व्यापार बाहेकका समूहका शेयर सामान्य वृद्धि देखिएका छन्। १२९ कम्पनीको शेयर बढ्दा ११५ कम्पनीको शेयर घटेको छ भने १५ कम्पनीको शेयर स्थिर रहेको छ।

सान्भी इनर्जीको शेयर ८.१६% बढ्दा, सुपर माई हाइड्रोपावरको शेयर सबैभन्दा धेरै ३.९% घटेको छ।

आज ३२८ कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएका छन्। हिजोको कारोबार ५ अर्ब १७ करोडमा रहेको थियो।

शेयर बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम घट्नु बजारमा अझै सतर्कता कायम रहेको संकेत हो।

प्रतिक्रिया दिनुहोस्