Skip to content

बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिने व्यवस्था लागू

कालोपाटी

२२ घण्टा अगाडि

काठमाडौँ – सरकारले बाबुको पहिचान नखुलेकाका सन्तानलाई आमाको नामबाट नागरिकता दिन नेपाली नागरिकता ऐन २०६३ को संशोधित व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

नेपाल नागरिकता (चौथो संशोधन) ऐन २०८२ गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो। मन्त्रिपरिषद्ले पुस ११ गते ऐन स्वीकृत गरी पुस २१ गते राजपत्रमा प्रकाशन गर्दै कार्यान्वयन सुरु गरेको हो।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि परिपत्र पठाइसकेको छ। नयाँ व्यवस्थाअनुसार, बाबुको पहिचान नभएको वा मृतक बाबु भएका सन्तानले आमाको नामबाट नागरिकता पाउनेछन्। प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिन गरेर अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्