Skip to content

सरस्वती पूजा नजिकिँदा मूर्तिकार व्यस्त, मौसमले चुनौती थप्यो (फोटो-कथा)

कालोपाटी

२१ घण्टा अगाडि

काठमाडौँ । सरस्वती पूजाका लागि मूर्तिकारहरु अहिले दिनरात मूर्ति निर्माणमा व्यस्त छन्। पूजा आउन १५ दिन मात्र बाँकी भएको बेला जनकपुरधाम र धनुषामा धुमधामका साथ मनाइने तयारी अन्तिम चरणमा पुगेको छ।

मौसमले मूर्तिकारहरुको काममा चुनौती थपेको छ। अत्याधिक चिसो र घाम नलाग्दा माटो मुछ्न, मूर्ति आकार दिन र सुकाउन गाह्रो भइरहेको छ। यस वर्ष मूर्तिको बुकिङ्ग विगत वर्षभन्दा बढी भएकोले आम्दानी त बढेको छ, तर चुनौती पनि उच्च बनेको मूर्तिकार उतीम लाल पण्डितले बताए।

सिजनल काम भएकाले मूर्तिकारहरुले यस समय घर खर्च चलाउने आम्दानी जुटाउँछन्। मूर्ति निर्माणमा प्रयोग हुने सामग्री र मेहनत अनुसार एक मूर्तिमा ३–५ दिन लाग्ने र आम्दानी त्यसैअनुसार हुने जनाइएको छ। नयाँ डिजाइन र ठूलो आकारका मूर्ति बढी मागमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्